Powered By Blogger

Thursday, February 21, 2013

पारसबारे भ्रामक समाचार


काठमाडौं, फागुन ११ । थाइल्याण्डको बैंककस्थित अस्पतालमा उपचार गराईरहेका पूर्वयुवराज पारस शाहको स्वास्थ्यस्थिती अत्यन्तै गम्भीर अवस्थामा रहेको छ । तर आज विहान देखि नै उनी दिवंगत भैसकेको सार्बजनिक गरिएको छ ।
गएको मंगलबार राती अचानक हृदयघात भएपछि बैंककस्थित समितिवेज अस्पतालमा गराईरहेका शाहको स्थिती आज बिहानदेखि निकै गम्भीर रहेको त्यहाँस्थित कार्यबहाक राजदुत दोर्णनाथ अर्यालले जानकारी दिनुभयो ।
करिब दुई बर्षदेखि बैंककमा बस्दै आएका ४२ बर्षका पूर्वयुवराजको स्वास्थ्य अवस्थालाई लिएर सामाजिक संजाल लगायत संचारमाध्यम विभिन्न खबरहरु प्रवाह भइरहेका छन । दोस्रोपटक हृदयघातबाट ग्रस्त पारसलाई आइसियुबाट सिसियु कक्षमा सारिएको जनाईएको छ ।